तपाई मन्दिरतिर जाँदा माथि तिर आँखा लगाउनु भएको छ ? लगाउनुभएको छ भने नेपाली शैलीका मन्दिरमा गारोको भागबाट ४५ डिग्रीको कोणमा छाना अड्याउन एक विशेष काठको प्रयोग नदेख्ने कुरै भएन । त्यसैलाई टुडाल भनिन्छ |तर, टुडालमा जे देख्नुहुन्छ त्यसले भने तपाईलाई आश्चर्य लाग्न सक्छ । खासमा टुडालको एकमात्र उद्देश्य छानो दरिलो बनाउने हो तर त्यसमा राखिएका यौ…न दृश्य भने सबैलाई आश्चर्य लाग्न सक्छ । प्याकोण वा प्यागोडा शैलीमा बनाईने मन्दिरका छानामा बढी माटाका टायलहरुको प्रयोग हुनेहुँदा बर्खा याममा पानीले पर्खालहरु गल्ने र भत्किने डरले प्रयोग गरिने दरिला काठमा यौनका कलाकर्म देखाउने कुनो कसरी बन्न थाल्यो ? यो सबैको चासोको विषय हो ।
सुरुमा टुडालमा शरीरका विभिन्न मोडका मात्रै आर्कषक कलाहरु बनाइन्थ्यो । हिन्दु धर्ममा यसरी तले मन्दिरका टुंडालमा कला कुद्ने काम भने बौद्ध धर्मबाट आएको मानिन्छ । पहिले–पहिले वनदेवीले भिक्षुुहरुको रक्षा गरेको र पछि हिन्दु संस्कृतिमा वनदेवीलाई कालाभाञ्जिकाकै स्वरुप मानियो ।
कालाभाञ्जिकाले आफ्ना मान्छेलाई रुखका हाँगामा बसेर सुरक्षा दिन्छिन् भन्ने विश्वास भएका कारण मन्दिरको माथिल्लो भागमा ४५ डिग्री बनाएर रुखकै हाँगामा झुण्डिएजसरी मूर्ति कुद्न थालियो । त्यतिबेलासम्म मन्दिरमा यसरी यौनक्रिडाका विभिन्न आसनहरु सहितका कला देख्न पाइदैनथ्यो । तर, १३ औं शताब्दीमा पनौतीमा निर्माण भएको इन्द्रेश्वर महादेव मन्दिरको टुडालमा भने कामुक कलाको प्रयोग गरेको पाइन्छ ।
मन्दिरको टुडालमा यौनजन्य कला किन कुदिन्छन ?
१ – मन्दिरमा यौनजन्य संकेत सहितका कला राख्दा चट्याङ पर्दैन भन्ने लोकविश्वास छ ।
२ – तात्कालिक बौद्ध र हिन्दु धर्म मान्नेहरुमा जीवनप्रति चरम वितृष्ण पैदा भएकाले उनीहरु संसारिक जीवन त्यागेर भिक्षु र जोगी बन्न थालेपछि मानव विकास प्रक्रिया र सृष्टिको चक्र नै बिथोलिने भय बढेकाले त्यसपछि यस्ता चित्र देखाएर मानिसहरुलाई सन्तान उत्पादनका लागि प्रोत्साहन गर्न मन्दिरहरुमा यस्ता कला कुद्न थालिएको मान्यता छ ।
३ – मन्दिरमा पस्दा मानिसले नराम्रा विचार, भावना बाहिरै फालेर विशुद्ध धार्मिक भावना र कार्यका लागि मात्रै पस्नुपर्छ भन्ने सन्देश दिन टुडालमा कामुक कला कुदिएका मानिन्छ ।
४ – एक पल्ट पन्धैं शताब्दीतिर मल्लकालिन एकजना राजा एकाएक दरबारबाट गायव भएछन् ।
उनको चारैतिर खोजि भयो । दरबारमा हाहाकार मच्चियो । तर, राजा भेष बदलेर देश भ्रममा निस्केका छन्, जनताको दुःखसुखलाई बुझ्नकालागि उनी गुप्त यात्रामा रहेछन् ।
राजा लामो समयसम्म नै फर्केनन् । राजाको अनुपस्थितिमा दरबारभित्र अनेक प्रकारका विकृृतिहरु बढ्न थाले । भारदार, सेना, दासदासी र रानीहरुका बीचमापनि अव्यवस्था देखिन थाल्यो । दरबारभित्रको कुरा बाहिर त्यति थाह नहुने भएपनि अति भएपछि पोखिनु स्वभाविक थियो । दरबारभित्रको चतिकला सबैतिर व्याप्त ‘दरबारभित्र दिनदिनै यौनमय वातावरण हुर्किदै गएछ । रानीहरु, दासीहरु, भारदार र सेनाहरुकाबीच भाजभोलि गर्दागर्दै यौनसम्बन्ध व्यापक हुन थालेछ । दरबार दिउसै यौन भवन जस्तो बन्न थालेछ । सामान्य यौन संबन्धले नपुगेर अनेकौं कामसूत्रीय आसनहरुको अभ्यास हुन थालेछ । दरबारभित्र सिकेका दासी र सेनाहरुले आफ्ना घरमा पतिपत्नीहरुका बीचपनि फैलाउँदै लगेछन ।
दासीले आफ्नो पतिलाई र सेनाले आफ्ना पत्नीलाई सिकाए । भारदारहरुले पनि घर घरमा त्यसलाई फैलाउदै लगे । यस्ता नयाँ–नयाँ असनहरुका नयाँ नया अभ्यास र आविष्कार पनि हुन थालेछ । दरबारबाट शुरु भएको यो यौन अभ्यास देशैभरि व्याप्त भएछ । दिनदिनै नयाँ नयाँ पाराको यौन अभ्यासबाट सिक्ने सिकाउने क्रममाः साधारण सिपाहीपनि रानीको ओछ्यानसम्म पुग्न थालेछ ।
यौनको यो स्वच्छन्दताले देशनै यौनकुञ्ज जस्तो बन्न पुगेपछि दरबार भित्रै समाजलाई यसबाट कसरी मुक्त गर्ने भन्ने छलफल शुरु भएछ ।
लामै छलफल र सोचपछि यसलाई लुकाएर र दबाएर समाधान हुँदैन । यसको सार्वजनिक प्रदर्शन र प्रचार गर्नुपर्छ, जसबाट मानिसमा मानसिक बित्रिष्ण उत्पन्न हुन्छ र यो आवश्यकीय र व्यवस्थित हुन्छ भन्ने निष्कर्ष निस्केछ ।
अनि काठमा, माटोमा, धातुमा जे–जेमा हुन्छ यौनबद्धक आकृतिहरु सार्वजनिक रुपमा प्रदर्शन गर्नु भन्ने आदेश भएछ ।
त्यसपछि कलाकारहरुले आ–आफ्ना कलालाई यौनसौन्दर्यतिर मोडेछन । त्यसैबेलादेखि सार्वजनिक स्थलहरुमा, मठमन्दिरहरुमा, जहाँ–जहाँ मानिसको विशेष उपस्थिति हुन्छ, त्यहाँ–त्यहाँ यस्ता यौन आकृति स्थापना गर्न थालिएको जनविश्वास छ ।
मन्दिरका टुडालबारे कृष्ण धारावासीले लेखेको टुडाल पुस्तकबाट लिईएको प्रसंग :
१ – धेरै वर्ष अघिका राजा शिवदेव भन्नेले नरबलि दिने चलन चलाएछन् । प्रत्येक वर्ष चैत्र १२ गतेका दिन वत्सलादेवीलाई मानिसको बलि चढाउन थाले । यो मानवबलिको परम्पराले समाजमा ठुलै हाहाकार भयो ।
हरेक वर्ष चैत्र १२ गते एउटा मान्छे काटिने कुरा निश्चित थियो । अब अर्को वर्ष को काटिने होला भनेर मानिसहरु थरथरि हुन थाले । शरीरमा कुनै खोट नभएको, चोट नभएको, हट्टाकट्टा युवकलाई ल्याएर बलि दिने गरिएछ ।
बलि आतङकका कारण शरीरमा चोट पार्नकालागि जानीजानी एक टोल र अर्को टोलका बिचमा ढुङगा हानाहान गर्ने र एक अर्काका टाउका फुटाउने गर्न थालेछन् । पछि बलि दिनकालागि देशैभरि चोट नलागेको, खत नभएको एउटैपनि युवक नभेटिएपछि राजाले ‘खते’ बलिको प्रारम्भ गरेछन । जसको शरीरमा धेरै खत छ त्यसैलाई बली दिने परम्परा थालिएपछि ढुङगा हान्ने परम्परा बन्द भएछ ।
तर चैत लाग्दैदेखि राज्यमा पुरुषहरु घट्न थाल्दारहेछन । नरबलिका डरले पुरुषहरु भाग्न थालेपछि राजाका सेनाहरुले बलि खोज्ने क्रममाः घरघरमा जाने र महिलाहरुलाई हातपात गरेछन । बलिमा परिने डरले घर छोडेर हिडेका कैयौं पुरुषहरु नफर्केपछि महिलाहरुको संख्या राज्यमा बढेर गएछ ।
पुरुषको कमीलाई पूर्ती गर्न बचेखुचेका बुढा र राजाका सेनाहरुले घरघरमा गएर महिलाहरुसँग अनेक आसनका साथ संभोग गर्न थालेछन् । परम्परा जस्तै बन्दै गएको त्यहि संभोगशैली बिस्तारै टुडालहरुमा देखिन थालेको भनिन्छ ।
२ – त्यस्तै राजा गुणकामदेवाका पालामा लडाईमा जानुअघि सेनाहरुले तोपलाई कन्या कुमारीको बलि दिन थालेछन । एक अतयोनि कन्याको बलि दिएर उक्त तोपबाट लडिएको लडाई जितिन्छ भन्ने एक तान्त्रिकको सल्लाहबाट शुरु भएको त्यो बलिप्रथाले कुमारी केटीहरुमा सारै ठुलो आतंक फैलियो ।
कुमारी रहनु अत्योनी हुनु भनेको ज्यान जानु सरह भएपछि बलिमा पर्ने डरले सानै उमेरमा बिहे गरिदिने तथा कुमारी केटीहरुलाई यौनकार्यमा संलग्न गराउन थालिएछ ।
अभिभावकहरुले नै छोरीको कुमारीत्व च्युत गराउने वातावरण बनाइदिन थालेपछि औपचारिक
रुपमै भित्रभित्रै देशैभरि यौनप्रथा बाक्लिएर गएछ ।
कुमारीत्वच्युत गराउन छुट गरिएको यौनप्रथा बाक्लिएर गएछ । कुमारीत्वच्युत गराउन छुट गरिएको यौनप्रथा बिस्तारै अराजक हुँदै गएर विवाहित महिलाहरु समेत पुरुषसँग अनेकौं ‘यौनासनारुढ’ हुन थालेछन ।
समाजमा फैलिएको त्यो नाङगोपनलाई कलाकारहरुले चित्र र मूर्तीहरुमा कप्न थालेछन र बिस्तारै त्यसलाई सार्वजनिक मन्दिर र टुडालहरुमा सजाएछन । आखिर जसको मत जे भए पनि यस्ता चित्रलाई पनि त्यतिबेलाको समाजले सहजै स्वीकारेको थियो । – कर्णालीखबरबाट